सन्चो क्लिनिकले दियो  प्रहरीलाई स्वास्थ्य सामग्री

काठमाडौँ — डा. सन्चो क्लिनिकले महानगरिय प्रहरी परिसर ललितपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लिनिकका निर्देशक जेन श्रेष्ठले आइतबार महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सन्चो क्लिनिकले दियो  प्रहरीलाई स्वास्थ्य सामग्री

क्लिनिकले परिसरलाई ५ सय थान सेनिटाइजर, २५ सय थान माक्स, १५ सय पिस पन्जा, भिटामिन सी एक हजार वटा र भिटामीन बी कम्प्लेक्स १२ सय वटा हस्तान्तरण गरेको हो ।

आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर क्लिनिकले नि:शुल्क रुपमा समय समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको निर्देशक श्रेष्ठले जानकारी दिए । कोरोना महामारीमा फ्रन्ट लाइनमा खटिने सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउदै आएको पनि उनले बताए ।

प्रहरी परिसरको मागअनुसार स्वास्थ्य शिविर सञ्चालन गरेर प्रहरीहरुको स्वास्थ्य परीक्षण गरिने पनि जनाइएको छ ।


प्रकाशित : जेष्ठ २५, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?