२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एयरबस फाउन्डेसनको ७ टन स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — युरोप र विदेश मामिलासम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सीडीसीएस) सँग मिलेर एयरबस फाउन्डेसनले नेपाललाई सात टन स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

एयरबस फाउन्डेसनको ७ टन स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी नियन्त्रणमा सहायतास्वरुप फाउन्डेसनले उक्त उपकरण उपलब्ध गराएको हो ।

उक्त सामग्रीमा फाउन्डेसनले मास्क, सुरक्षा चस्मा, रेस्पिरेटर्स र एन्टिजेन परीक्षण उपकरण रहेको जानकारी दिएको छ ।

सहायता सामग्रीहरु बोकेको विमान जेठ १९ मा नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको थियो । एयरबस फाउन्डेसनले भारतमा पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावितका लागि प्रदान गरिएका मेडिकल उपकरण पुर्‍याएको थियो ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?