कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सिटिजन्सले अधिग्रहण गर्‍यो सिर्जना फाइनान्स

काठमाडौँ — सिटिजन्स बैंकले विराटनगरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई अधिग्रहण गरेको छ । अधिग्रहण गर्ने अन्तिम सम्झौतापत्रमा मंगलबार दुवै संस्थाबीच हस्ताक्षर भएको छ ।

सिटिजन्सले अधिग्रहण गर्‍यो सिर्जना फाइनान्स

सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट मर्जर समितिका संयोजक प्रबलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरे ।

चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु हुने आचार्यले बताए । दुवै संस्थाले आफ्नो विशेष साधारणसभाबाट अन्तिम सम्झौता पारित गर्नेछन् । उक्त सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुने आचार्यको भनाइ छ ।

गत माघ २८ मा दुई संस्थाले प्राप्तिका लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा एक सय बराबर ९५ कित्ता सेयर पाउनेछन । अधिग्रहणपछि बैंकको चुक्ता पूँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्ने आचार्यले बताए ।

सिर्जनालाई अधिग्रहण गरेपछि सिटिजन्स बैंकको निक्षेप परिचालन १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा प्रवाह पनि १ खर्ब २१ अर्ब रुपैयाा पुग्नेछ । बैंकको कुल शाखा संख्या १८९ हुनेछ ।

प्रकाशित : जेष्ठ ११, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?