हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौँ — हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिने भएका छन् । मर्जरका लागि यी बैंकबीच बिहीबार समझदारी पत्रमा (एमओयू) हस्ताक्षर भएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

सम्झौता पत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने बैंक नेपालका बाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो हुनेछ ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहनेछन् । नयाँ बैंकको डेपुटी सीइओमा हाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे रहनेछन् ।

मर्जरपछि बन्ने बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यस्तै, निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ, कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ र सञ्चित कोषमा १९ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि बैंकको कुल कर्मचारी करिब २५ सय र शाखा १ सय ५२ वटा पुग्ने बताइएको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?