१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महासंघले सञ्चालन गर्‍यो कोभिड सहायता केन्द्र

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ ।

महासंघले सञ्चालन गर्‍यो कोभिड सहायता केन्द्र

महासंघले मुलुकमा बढ्दै गएको कोभिड महामारी संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सर्वसाधारणको सहजताका लागि उक्त केन्द्र स्थापना गरेको जनाएको छ ।

महासंघ पदाधिकारी र सम्बद्ध अधिकारीको बैठकले सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् । सहयता केन्द्रबाट सेवा लिन महासंघ सचिवालयमा सम्पर्क राख्न सकिने जनाएको छ ।


कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी बाँडफाँटसमेत गरेको छ ।

यसअन्तर्गत अक्सिजन सिलिन्डर व्यवस्थापनमा रामचन्द्र संघई एवं सौरभ ज्योति, अस्पताल/आइसोलेसन केन्द्र सहजीकरणमा हेमराज ढकाल एवं रवीन श्रेष्ठ, अस्पताल व्यवस्थापनमा देशबन्धु बस्नेत, बाबुकाजी कार्की एवं केयुर गौतम, एम्बुलेन्स/आइसोलेसन केन्द्रमा रञ्जितराज आचार्य, औषधि/मेडिकल उपकरणमा प्रबलजंग पाण्डे एवं भक्त हमाल र होटल/हवाई यातायातमा ज्योत्स्ना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटा छन् ।

प्रकाशित : वैशाख २९, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?