सस्तोमा स्वास्थ्य सामग्री दिँदै रिचार्जर

काठमाडौँ — रिचार्जरले कोभिड–१९ सँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।

सस्तोमा स्वास्थ्य सामग्री दिँदै रिचार्जर

पेमेन्ट गेटवे ई–सेवासँगको सहकार्यमा रिचार्जरले बजार मूल्यभन्दा सस्तोमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस सिल्ड, सेनिटाइजर, पीपीई सेटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने जानकारी दिएको छ ।

साथै रिचार्जरले यी सामग्री नि:शुल्क डेलिभरी गर्नेसमेत जनाएको छ । रिचार्जरको मोबाइल एपमा वैशाख ३१ देखि सञ्चालन हुने ह्याप्पी आवर अफरअन्तर्गत यो सुविधा ल्याएको जनाइएको छ ।

यसमा रिचार्जरले पल्स अक्सिमिटर ९ सय ९९, ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सन्ट्ेरटर ६०–८२ हजार, अक्सी ९९ क्यान अक्सिजन ५ सय ४९, सर्जिकल मास्क ५, के–९५ मास्क १५ र फेस सिल्ड ५५ रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?