परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

काठमाडौँ — नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

परिसंघले मन्त्रालयलाई आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको जानकारी दिएको छ ।

कोभिड–१९ को महामारी तथा अक्सिजन अभावको समयमा उपलब्ध यी सामग्रीले विपद्मा विशेष राहत पुग्ने मन्त्री त्रिपाठीले बताए ।

संकटका बेला देशलाई निजी क्षेत्रको सहयोग सदैव रहने परिसंघका अध्यक्ष सतीशकुमार मोरको भनाइ छ ।

परिसंघले कोभिडको दोस्रो लहर फैलिएसँगै संक्रमितहरुको उपचारमा आवश्यक अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो ।

प्रकाशित : वैशाख २८, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?