एनसेलले ल्यायो राहत प्याक योजना

काठमाडौँ — एनसेल आजियटाले आफ्ना ग्राहकका लागि राहत प्याक योजना ल्याएको छ ।

यो प्याकअन्तर्गत ग्राहकले प्रत्येक रिचार्ज तथा डेटा सेवामा बोनस, घरबाटै काम गर्न, अनलाइन कक्षाका लागि प्याक र एनसेल सापटीमा विभिन्न थप राहत योजना ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिका हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । करसहित ग्राहकले २ सय ४९ रुपैयाँमा ३० दिने डेटा प्याकमा डबल डेटा खरिद गर्न सक्छन् ।

त्यस्तै वर्क फ्रम होम अफरअन्तर्गत दैनिक डेटा प्याकमा ग्राहकले करसहित ३१ रुपैयाँमा २ जीबीएप डेटा प्राप्त गर्न सक्छन् ।

एनसेल सापटीमा ८० रुपैयाँसम्म सापटी लिन सक्छन् । यसमा ग्राहकले १२ सय एमबी डेटा पनि सापटी लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?