१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अन्तरिक्ष प्रतिष्ठानलाई सानिमाको ५ लाख

काठमाडौँ — सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

अन्तरिक्ष प्रतिष्ठानलाई सानिमाको ५ लाख

प्रतिष्ठानले यहाँकै विद्यार्थीबाट निर्मित पहिलो स्याटलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यसाथ काम गरिरहेको छ ।

टोलीलाई नेपालको पहिलो अन्तरिक्ष नेपाली स्याट–१ को निर्माण/प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा नेतृत्व गर्दै आएका छन् ।

कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सन् २०२३ सम्म नेपाली स्याट–२ विद्यालय नामक स्याटलाइट निमार्णका लागि एउटा टिम निर्माण गर्नेछन् ।

प्रकाशित : वैशाख २१, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?