अर्ना बन्यो लन्डन बियर प्रतियोगिताको उपविजेता

काठमाडौँ — लन्डनमा आयोजित ‘लन्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना ८ र अर्ना लाइट बियरले क्रमश: रजत र कांस्य पदक प्राप्त गरेका छन् ।

गत मार्च १७ मा आयोजित प्रतियोगितामा यती ब्रुअरी प्रालिको अर्ना बियरले तीन फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको उक्त पदक जितेको हो ।

अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरी उक्त सम्मान पाएको कम्पनीको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७८ २२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?