कोकाकोला र सेनाको हिमाल सफाइ अभियान- बजार - कान्तिपुर समाचार

कोकाकोला र सेनाको हिमाल सफाइ अभियान

कान्तिपुर संवाददाता

काठमाडौँ — कोकाकोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले ‘हिमाल सफाइ अभियान २०२१’ को लागि नेपाली सेनासँग सहकार्य गरेको छ ।

हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको राष्ट्रिय सफाइ कार्यक्रमको दोस्रो संस्करण हो ।

यो मल्टिस्टेक होल्डर कार्यक्रमले हिमाललाई बचाउने, जलवायु परिवर्तनको प्रभाव कम गर्ने र लोत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लमलगायत ६ वटा हिमाललाई सफा गर्ने उद्देश्य राखिएको कोकाकोलाले जनाएको छ ।

अभियानका माध्यमबाट सगरमाथाबाट ४८ सय ९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६ सय ९४ किलोको फोहोर संकलन गरिएको थियो ।

प्रकाशित : वैशाख ५, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

कुवेत उद्योग वाणिज्य संघमा मालाकार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ चुनिएका हुन् । संघका उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सकुन्तलाल हिराचन र कुशप्रसाद मल्ली निर्वाचित भएको संघले जानकारी दिएको छ ।

संघको महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठलगायत सदस्य छन् । संघमा सबै पदमा सर्वसम्मतले निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित : वैशाख ५, २०७८ २०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×