साओमीको एमआई वाच लाइट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साओमीको एमआई वाच लाइट

कान्तिपुर संवाददाता

काठमाडौँ — साओमी नेपालले ‘एमआई वाच लाइट’ सार्वजनिक गरेको छ ।

यसमा जीपीएस, मुटुको धडकन मापन गर्ने दर, ११ वटा वर्कआउट मुडलगायत विशेषता छन् ।

साथै एमआई वाच लाइटले फिटनेसमा समेत सहयोग पुर्‍याउने कम्पनीले जानकारी दिएको छ । यसमा १.४ इन्चको कलर डिस्प्ले छ ।

यो ५० मिटर पानीको सतहसम्म केही नहुने, २३० एमएएचको ब्याट्री, ३५ ग्रामको तौल र २० एमएमको मोटाइ भएको साओमीले बताएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्

चेम्बरको मानार्थ उपाध्यक्षमा गोल्छा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनीत भएका छन् ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे ।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनीत गरेर सम्मान गरेको गोल्छाले बताए ।

गोल्छा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत थिए ।

हाल उनी हंसराज हुलासचन्द एन्ड को, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्सलगायतमा आबद्ध छन् ।

प्रकाशित : वैशाख ३, २०७८ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×