चेम्बरको मानार्थ उपाध्यक्षमा गोल्छा

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनीत भएका छन् ।

चेम्बरको मानार्थ उपाध्यक्षमा गोल्छा

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरे ।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनीत गरेर सम्मान गरेको गोल्छाले बताए ।

गोल्छा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत थिए ।

हाल उनी हंसराज हुलासचन्द एन्ड को, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्सलगायतमा आबद्ध छन् ।

प्रकाशित : वैशाख ३, २०७८ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?