२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नयाँ वर्षमा रिद्धिसिद्धिको भेट

काठमाडौँ — रिद्धिसिद्धि सिमेन्टले केही महिनाअघि ल्याएको ‘शिलान्यास रिद्धिसिद्धिसँग’ नामक योजनालाई निरन्तरता दिएको छ ।

नयाँ वर्षमा रिद्धिसिद्धिको भेट

यो योजनाअनुसार नयाँ वर्षमा शिलान्यास गर्न चाहने ग्राहकलाई एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने जानकारी दिएको छ ।

यसमा तामाको कलश पाँच थान, चाँदीको कछुवा एक थान, चाँदीको नाग र नागिन एक जोडी, चाँदीको सिक्का १० ग्राम एक थान, हात्तीको प्रतिमा एक थान, जौ, तिल, कुश एक प्याकेट, पञ्चरत्न धातु एक थान, सलाई एक थान, बाटेको धूप एक प्याकेट र कपूर एक थान रहने कम्पनीले जनाएको छ ।

शिलान्यासका लागि एक सय बोरा सिमेन्ट खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?