माउन्टेन ड्यूको नयाँ अभियान- बजार - कान्तिपुर समाचार

माउन्टेन ड्यूको नयाँ अभियान

कान्तिपुर संवाददाता

काठमाडौँ — माउन्टेन ड्युले ‘डरका अगाडि जित छ’ भन्ने नाराका साथ आफ्नो नयाँ अभियान सुरु गरेको छ ।

कम्पनीले डरले हैसियत होइन, हिम्मत हेर्छ भन्दै नायक अनुपविक्रम शाहीको अभिनयमा यो अभियान सुरु गरेको जानकारी दिएको छ ।

यो अभियानले सामाजिक दबाबबाट स्वतन्त्र हुन र डरलाई जित्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्

सनराइज, मेगा र नबिलका क्यूआर भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंक, मेगा बैंक नेपाल र नबिल बैंकले विभिन्न स्थानमा क्यूआर कोड भुक्तानी प्रणालीको सुरुवात गरेका छन् ।

सनराइज बैंकले विराटनगरको टेम्पो तथा ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।

मेगा बैंकले पोखराका व्यावसायिक पसलमा क्यूआर कोड भुक्तानी प्रणाली थालेको छ ।

त्यस्तै नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सुरु गरेको जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×