सनराइज, मेगा र नबिलका क्यूआर भुक्तानी



काठमाडौँ — सनराइज बैंक, मेगा बैंक नेपाल र नबिल बैंकले विभिन्न स्थानमा क्यूआर कोड भुक्तानी प्रणालीको सुरुवात गरेका छन् ।


सनराइज बैंकले विराटनगरको टेम्पो तथा ई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
मेगा बैंकले पोखराका व्यावसायिक पसलमा क्यूआर कोड भुक्तानी प्रणाली थालेको छ ।
त्यस्तै नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सुरु गरेको जनाएको छ ।
प्रकाशित : चैत्र २४, २०७७ २१:३५