केन्टको नयाँ बर्ष अफरमा होन्डा जित्ने अवसर- बजार - कान्तिपुर समाचार

केन्टको नयाँ बर्ष अफरमा होन्डा जित्ने अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा केन्टको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको वितरक ईओएल प्रालिले नयाँ वर्षलक्षित अफर ल्याएको छ ।

केन्टले ‘स्वछ पानी, सुन्दर जिन्दगानी, साथमा थुप्रै उपहार पनि : यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित यो योजना ल्याएको हो ।

यो योजनामा केन्टको आरओ मोडलको खरिदमा हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एलजीको रेफ्रिजेरेटर, एलजी एलईडी टीभी र तीन ओटा गोदरेज भाइरस सिल्ड जित्न सकिन्छ ।

योजनाको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स स्कुटर जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्

ई–सेवाबाट टिकट काट्दा क्यासब्याक अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवाबाट हवाइजहाजको टिकट काट्दा क्यासब्याक पाइने भएको छ ।

ई–सेवामार्फत आन्तरिकतर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्दा क्यासब्याक पाइने कम्पनीले जानकारी दिएको छ ।

यो योजनामा हरेक दिन तीन जनाले तीन हजार रुपैयाँसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउँछन् ।

त्यसभन्दा माथिको टिकटमा तीन हजार रुपैयाँ छुट पाइने कम्पनीले बताएको छ । यो योजना चैत ३१ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×