ई–सेवाबाट टिकट काट्दा क्यासब्याक अफर- बजार - कान्तिपुर समाचार

ई–सेवाबाट टिकट काट्दा क्यासब्याक अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवाबाट हवाइजहाजको टिकट काट्दा क्यासब्याक पाइने भएको छ ।

ई–सेवामार्फत आन्तरिकतर्फको एयरलाइन्स्का कुनै पनि गन्तव्यको टिकट काट्दा क्यासब्याक पाइने कम्पनीले जानकारी दिएको छ ।

यो योजनामा हरेक दिन तीन जनाले तीन हजार रुपैयाँसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउँछन् ।

त्यसभन्दा माथिको टिकटमा तीन हजार रुपैयाँ छुट पाइने कम्पनीले बताएको छ । यो योजना चैत ३१ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा साओमीको सर्भिस सेन्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — सोओमी नेपालले बुटवलस्थित सिंह कम्प्लेक्समा आफ्नो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

आफ्ना अन्य सर्भिस सेन्टर् पोखरा, नारायणगढ, नेपालगन्ज, इटहरी, धनगढी र काठमाडौंमा रहेको साओमीले जानकारी दिएको छ ।

कम्पनीले ग्राहकमाझ सेवा पुर्‍याउन सर्भिस सेन्टर विस्तार गरिएको बताएको छ ।

प्रकाशित : चैत्र २४, २०७७ २१:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×