दराजले ल्यायो ‘नयाँ रहर, नयाँ अफर’- बजार - कान्तिपुर समाचार

दराजले ल्यायो ‘नयाँ रहर, नयाँ अफर’

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन सपिङ दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर, नयाँ अफर’ योजना ल्याएको छ । यो योजनामा ग्राहकले विभिन्न छुट पाउनेछन् ।

दराजमार्फत खरिद गरी डेबिट तथा क्रेडिड कार्डमार्फत भुक्तानी गर्दा एक हजारदेखि १५ सय रुपैयाँसम्म छुट पाइने दराजले जनाएको छ ।

नबिल, सानिमा, एनएमबी, मेगा, माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड च्याटर्ड र हिमालयन बैंकबाट ग्राहकले उक्त छुट पाउने दराजले बताएको छ ।

प्रकाशित : चैत्र २३, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्

महासंघ र डेभलपमेन्ट बैंकर्सबीच कर्जा सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालबीच वित्तीय कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यमको वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले महासंघ र एसोसिएसनले सम्झौता गरेका हुन् ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


प्रकाशित : चैत्र २३, २०७७ २०:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×