सनराइज बैंकको ई–कार्ड- बजार - कान्तिपुर समाचार

सनराइज बैंकको ई–कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकले आफ्नो नयाँ सेवा ई–कार्ड सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार सनराइजले यो सेवा सुरु गरेको जानकारी दिएको छ ।

अब ग्राहकले अमेरिकी ५ सय डलर बराबरको कार्ड प्राप्त गर्न सक्छन् । यो कार्डमार्फत ग्राहकले ई–कमर्स साइटमा अनलाइन वस्तु तथा सेवा खरिद गरी भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ २२:५८
प्रतिक्रिया
पठाउनुहोस्

टीसीएलले ल्यायो नयाँ वर्ष अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — टीसीएलले नयाँ वर्ष २०७८ का अवसरमा अफर ल्याएको छ ।

यो अफरमा टीसीएलका वासिङ मेसिन, एयर कन्डिसन, टीभीलगायत खरिदमा ग्राहकले क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।

तीन वर्षको वारेन्टी भएको टीभी र ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ वासिङ मेसिन क्यासब्याकको अफर तथा एयर कन्डिसनरमा नि:शुल्क जडानजस्ता अफर रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ २२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×