२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साओमीका मी स्मार्ट टीभी र इको सिस्टम

काठमाडौँ — साओमीले आफ्ना दुई उत्पादन मी स्मार्ट टीभी र मी इको सिस्टम सार्वजनिक गरेको छ ।

साओमीका मी स्मार्ट टीभी र इको सिस्टम

कम्पनीले मी टीभी ४ एक्सका विभिन्न चार मोडल बजारमा ल्याएको हो । यी टीभीमा फोरके डिस्प्ले एचडीआर, इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल युआईलगायत विशेषता छन् ।

मी टीभी क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेटद्वारा सञ्चालित रहेको कम्पनीले जनाएको छ । साओमीले १६ वाटको मी पोर्टेबल ब्लुटुथ स्पिकर र मी बियर्ड ट्रिमर १ सी सार्वजनिक गरेको छ ।

२६ सय एमएएचको ब्याट्री रहेको यसलाई १ मिटर पानीमा ३० मिनेटसम्म डुबाउँदा पनि केही नहुने कम्पनीको भनाइ छ । मी बियर्ड ट्रिमर १ सी पहिले लन्च गरिएको मोडलभन्दा हलुका र पातलो छ । यसमा २० लेन्थ सेटिङ्ग्स र दुई घण्टामा पूरै चार्ज हुनेलगायत विशेषता छन् ।

मी टिभी ४ एक्स ६५ इन्चको २०२१ संस्करणको मूल्य १ लाख १९ हजार ९ सय ९९, मी टीभी ४ ए ४३ इन्च हराइजन संस्करणको ४६ हजार ९ सय ९९, मी टिभी ४ ए ४० इन्च हराइजन संस्करणको ३७ हजार ९ सय ९९ र मी एलईडी टीभी ४ ए ३२ संस्करणको ३४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै साओमीका मी पोर्टेबल ब्लुटुथ स्पिकरको मूल्य २ हजार ३ सय ९९ र मी बियर्ड ट्रिमर १ सीको १ हजार ७ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : चैत्र १६, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?