२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बजारमा सामसङ ग्यालेक्सी एम १२

काठमाडौँ — सामसङले नेपाली बजारमा ग्यालेक्सी एम १२ ल्याएको छ ।

बजारमा सामसङ ग्यालेक्सी एम १२

यो स्मार्टफोनमा ९० हर्ज रिफ्रेस रेट, ८एनएम एक्सेनस प्रोसेसर, ४८ मेगापिक्सेल क्यामेरा र ६ हजार एमएएच ब्याट्री जस्ता विशेषता छन् ।

साथै एम १२ मा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले छ । यसको ३.२ कोरले राति र प्राकृतिक मोडका लागि छुट्टै दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो कालो, नीलो र सेतो रङमा उपलब्ध हुनेछ । ४ जीबी र्‍याम र ६४ जीबी रोमको १८ हजार ४ सय ९९ रुपैयाँ पर्नेछ । ६ जीबी र्‍याम र १२८ रोमको २२ हजार ४ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?