कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य सूचना कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौं — धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल आजियाटाले बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ  ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य सूचना कार्यक्रम

एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले एक औपचारिक कार्यक्रममाझ अस्पतालअन्तर्गत सञ्चालनमा रहेका चार वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरणसमेत गरे ।

चोङ र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश मकाजूले अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरे ।

प्रकाशित : फाल्गुन २४, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?