सिद्धार्थका ग्राहकलाई त्रिसारामा छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थका ग्राहकलाई त्रिसारामा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा छुट पाउने भएका छन् ।

बैंक र त्रिसाराबीचको सम्झौताअनुसार ग्राहकले दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारामा छुट पाउनेछन् ।

ग्राहकले बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत खाना तथा बेभरेजका लागि भुक्तानी गर्दा यो छुट पाउनेछन् ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको ‘सहयात्री सिम’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेकालाई ‘सहयात्री सिम’ योजना ल्याएको छ ।

यो प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा, नि:शुल्क रोमिङजस्ता विशेषता रहेको एनसेलले जनाएको छ । यो सिम योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा जाने सोच बनाएकालाई उनीहरूको यात्रामा सम्पूर्ण सहयोग पुर्‍याउनु सहयात्री सिमको उद्देश्य रहेको एनसेलले बताएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×