एनसेलको ‘सहयात्री सिम’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘सहयात्री सिम’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले वैदेशिक रोजगारीमा जाने योजनामा रहेकालाई ‘सहयात्री सिम’ योजना ल्याएको छ ।

यो प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा, नि:शुल्क रोमिङजस्ता विशेषता रहेको एनसेलले जनाएको छ । यो सिम योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा जाने सोच बनाएकालाई उनीहरूको यात्रामा सम्पूर्ण सहयोग पुर्‍याउनु सहयात्री सिमको उद्देश्य रहेको एनसेलले बताएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

इन्भेस्टमेन्ट बैंकको वार्षिकोत्सव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्थापनाको ३५ औं वर्ष पार गरेको छ ।

देशका सातै प्रदेशमा गरी बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १ सय ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएका जानकारी दिएको छ ।

३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र, साना तथा मझौला उद्यम र व्यक्तिगत गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्‍याइसकेको बताएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×