निसान म्याग्नाइटको मूल्य सार्वजनिक- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निसान म्याग्नाइटको मूल्य सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पायोनियर मोटोकर्प प्रालिले नयाँ निसान म्याग्नाइटको मूल्य सार्वजनिक गर्दै देशभरका डिलरमार्फत बुकिङ खुला गरेको छ ।

ग्राहकले निसानको ‘बुक अ भेहिकल’ मा गएर गाडी बुक गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र आकर्षक गाडी निसान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेग्मेन्टका सुविधा रहेको कम्पनीले जनाएको छ ।

यसमा निसानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्युजजस्ता अन्य प्रविधि समावेश छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्

कुमारी र तुदी पावरबीच सहवित्तीयकरण सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंक र तुदी पावर कम्पनीबीच सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको छ ।

तुदी पावरले निर्माण गर्न लागेको अपर राहुघाट जलविद्युत् परियोजनाका लागि आवश्यक वित्तीय व्यावस्थापनका लागि सम्झौता भएको हो ।

म्याग्दी भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको आयोजनामा कुमारी बैंकका अतिरिक्त सहअगुवाइ गर्ने बैंकका रूपमा ग्लोबल आईएमई छ । सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्ज र माछापुच्छ्र्ेर अन्य सहभागी बैंक हुन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×