कुमारी र तुदी पावरबीच सहवित्तीयकरण सम्झौता



काठमाडौँ — कुमारी बैंक र तुदी पावर कम्पनीबीच सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको छ ।

तुदी पावरले निर्माण गर्न लागेको अपर राहुघाट जलविद्युत् परियोजनाका लागि आवश्यक वित्तीय व्यावस्थापनका लागि सम्झौता भएको हो ।
म्याग्दी भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको आयोजनामा कुमारी बैंकका अतिरिक्त सहअगुवाइ गर्ने बैंकका रूपमा ग्लोबल आईएमई छ । सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्ज र माछापुच्छ्र्ेर अन्य सहभागी बैंक हुन् ।
प्रकाशित : फाल्गुन ११, २०७७ २१:२८