यूईएफए युरो २०२० को एयरलाइन प्रायोजक कतार एयरवेज

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार एयरवेजले युरोपेली फुटबल महासंघ (यूईएफए) सँग साझेदारी गरेको छ ।

यूईएफए युरो २०२० को एयरलाइन प्रायोजक कतार एयरवेज

एयरवेजले सन् २०२१ जुन ११ देखि जुलाई ११ तारिखसम्म हुन लागेको यूईएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको हो ।

युरोपको सर्वोच्च अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको १६औं संस्करणअन्तर्गत एम्स्टर्डयाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डब्लिन, ग्लास्गो, लन्डन, म्युनिक, रोम तथा सेन्ट पिटर्सबर्ग गरी १२ विभिन्न आयोजक सहरमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?