दराजको ‘दराज हाट बजार’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दराजको ‘दराज हाट बजार’

कान्तिपुर संवाददाता

काठमाडौँ — अनलाइन सपिङ दराजले मंगलबारदेखि ‘दराज हाट बजार’ सुरु गर्दै छ ।

दराजले ग्राहकका लागि महाडिल, शून्य व्याजमा सजिलो मासिक किस्ता, खेल १ रुपैयाँको, नि:शुल्क वितरण र भाउचर जस्ता आकर्षक योजना ल्याएको जनाएको छ ।

दराज हाट बजारमा ५ लाखभन्दा बढी उत्पादन ग्राहकहरूले उत्तम मूल्यमा पाउनेछन् । जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किरानालगायत सामान छन् ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको नयाँ संस्करणको एप

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले सोमबार आफ्नो नयाँ संस्करणको एप सार्वजनिक गरेको छ ।

एनसेलले विविध थप सुविधासहित नयाँ संस्करणको एप सञ्चालनमा ल्याएको हो ।

यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डाटा नि:शुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×