एनसेलको नयाँ संस्करणको एप- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको नयाँ संस्करणको एप

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले सोमबार आफ्नो नयाँ संस्करणको एप सार्वजनिक गरेको छ ।

एनसेलले विविध थप सुविधासहित नयाँ संस्करणको एप सञ्चालनमा ल्याएको हो ।

यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डाटा नि:शुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेबिक अध्यक्षमा पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एग्री बिजनेस इन्नोभेसन सेन्टर (नेबिक) ले सिद्धान्तराज पाण्डेलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको छ ।

पाण्डे बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । काठमाडौं विश्वविद्यालयका डिन सुवास केसीले नेबिक अध्यक्षबाट राजीनामा दिएपछि पाण्डे अध्यक्ष भएका हुन् ।

काठमाडौं विश्वविद्यालयबाट सेवानिवृत्त भएसँगै केसीले नेबिकको अध्यक्षबाट राजीनामा दिएका थिए ।

नेबिकको सञ्चालक समितिमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि बद्रीप्रसाद दाहाल, महालक्ष्मी श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका सविनविक्रम जोशी सदस्य छन् ।

नेबिकका प्रमुख कार्यकारी अधिकृत भूषण शाह हुन् । नेबिक नेपालकै पहिलो कृषिमा केन्द्रित व्यवसायका लागि अन्वेषण गर्ने मञ्च हो । कृषिमा आधारित व्यवसाय र नवप्रवर्तनलाई लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले नेबिकको स्थापना भएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×