कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेबिक अध्यक्षमा पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एग्री बिजनेस इन्नोभेसन सेन्टर (नेबिक) ले सिद्धान्तराज पाण्डेलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको छ ।

नेबिक अध्यक्षमा पाण्डे

पाण्डे बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । काठमाडौं विश्वविद्यालयका डिन सुवास केसीले नेबिक अध्यक्षबाट राजीनामा दिएपछि पाण्डे अध्यक्ष भएका हुन् ।

काठमाडौं विश्वविद्यालयबाट सेवानिवृत्त भएसँगै केसीले नेबिकको अध्यक्षबाट राजीनामा दिएका थिए ।

नेबिकको सञ्चालक समितिमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि बद्रीप्रसाद दाहाल, महालक्ष्मी श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका सविनविक्रम जोशी सदस्य छन् ।

नेबिकका प्रमुख कार्यकारी अधिकृत भूषण शाह हुन् । नेबिक नेपालकै पहिलो कृषिमा केन्द्रित व्यवसायका लागि अन्वेषण गर्ने मञ्च हो । कृषिमा आधारित व्यवसाय र नवप्रवर्तनलाई लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले नेबिकको स्थापना भएको हो ।

प्रकाशित : फाल्गुन १०, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?