लुम्बिनी र इजी लिंक रेमिट्यान्सबीच सम्झौता



काठमाडौँ — लुम्बिनी विकास बैंक र इजी लिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजी लिंकबाट भुक्तानी लिन सक्छन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजी लिंकका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले सम्झौतापत्रमा हस्तक्षर गरे ।
प्रकाशित : फाल्गुन ९, २०७७ २१:२६