कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महासंघको उद्योग समितिमा आचार्य

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य भरतराज आचार्य उद्योग समितिको सभापतिमा चयन भएका छन् । समितिको सहसभापतिमा कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन् ।

सदस्यहरुमा पञ्चकन्या ग्रुपका उज्ज्वल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटायल इन्डस्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डस्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जितेन्द्र लोहिया, नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुभास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी रहेका छन् ।


समितिको आमन्त्रित सदस्यहरुमा महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल, न्यौपाने एन्ड ल एसोसिएटका अञ्जन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतीक श्रीवास्तव, एसआर स्टिलका सुरज उप्रेती, नेपाल पस्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यती डिस्टिलरीका अभिषेक श्रेष्ठ छन् । त्यस्तै एचडी इन्डस्ट्रिजका ईश्वर जीसी, मारुती फर्माका प्रभात रुगंटा, बबरमहल हेरिटेजका विराट शम्शेर जबरा, फुटवेयर इन्डस्ट्रिज एसोसिएसनका कृष्ण फुँयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चुनिएका छन् ।


त्यसैगरी, समितिको सल्लाहकारमा अग्नि सिमेन्टका तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट् सिमेन्टका मुकुन्द तिमिल्सिना चुनिएका छन् । समितिलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसाय लागत घटाउन नसकेसम्म उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाएर लैजान नसकिने भन्दै व्यवसाय लागत घटाउनेतर्फ सिंगो राज्यको ध्यान जानुपर्नेमा जोड दिए । नेपालका उद्योगधन्दाका समस्या करिब सात दशकअघिकै सेरोफेरोमा रहेको चर्चा गर्दै अध्यक्ष गोल्छाले तुलनात्मक लाभका क्षेत्रमा उद्योगधन्दा विकास गर्नुपर्ने बताए ।


प्रकाशित : माघ १४, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?