२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुलप्याडका ‘कुल १०’ र ‘कुल एस’

काठमाडौँ — मोबाइल फोन ब्रान्ड कुलप्याडले नेपाली बजारमा आफ्ना नयाँ उत्पादन ‘कुल १०’ र ‘कुल एस’ सार्वजनिक गरेको छ ।

कुलप्याडका ‘कुल १०’ र ‘कुल एस’

नेपालका लागि कुलप्याड मोबाइलको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेसनल प्रालिले शुक्रबार एक कार्यक्रमबीच कुल १० र कुल एस गरी दुई मोडलका स्मार्टफोन बजारमा ल्याएको हो । कुल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन छ ।

१६ मेगापिक्सेलको मुख्य क्यामेरा र सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामेरा राखिएको छ । यसमा ५ हजार एमएएच ब्याट्री प्याक, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलकजस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

यो ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज अप्सनमा उपलब्ध छ । यो फोनको बजार मुल्य १६ हजार ५ सय ९५ रुपैयाँ तोकिएको छ । त्यस्तै कुल एसमा स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फुलएचडी प्लस डिस्प्ले, मुख्य क्यामेरा ४८ मेगापिक्सेल जस्ता विशेषता छन् ।

यो हेलियो पी ६० प्रोसेसरका साथ ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज अप्सन छ । यसको बजार मूल्य २२ हजार ५ सय ९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ ११, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?