पठाओका राइडर र सेवाग्राहीलाई एभरेस्टको बिमा



काठमाडौँ — पठाओ नेपाल प्रालि र एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग पठाओका राइडर र सेवाग्राहीको बिमा गरिदिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार राइडका बेला कुनै पनि ग्राहक, राइडर तथा चालकको दुर्घटनाका कारण हुने मृत्यु, अपांगता आदि अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बिमा रकम मिल्नेछ । पठाओ एप प्रयोग गर्ने सेवाग्राही र चालकले यो सुविधा लिन सक्छन् ।
प्रकाशित : माघ ९, २०७७ २१:५३