हिमालयन–इस्टर्न–बतासबीच फाइनान्स सम्झौता



काठमाडौँ — आइसर ब्रान्डका सवारी साधन फाइनान्स गर्ने सम्बन्धमा हिमालयन बैंक, इस्टर्न एजेन्सिज प्रालि र बतास अर्गनाइजेसनबीच सम्झौता भएको छ ।

आइसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिपर खरिद गर्ने ग्राहकलाई सुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह र इस्टर्नका प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्राहकले आइसर ब्रान्डका सवारी खरिद गर्दा अधिकतम पाँच वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी सुविधा पाउनेछन् ।