हिरो मोटोकर्पको ‘१० करोड उत्पादन’- बजार - कान्तिपुर समाचार

हिरो मोटोकर्पको ‘१० करोड उत्पादन’

कान्तिपुर संवाददाता

काठमाडौँ — हिरो मोटोकर्पले १० करोड उत्पादनको कोसेढुंगा पार गरेको छ । यो उपलब्धि प्राप्त गर्ने पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको मोटोकर्पको दाबी छ ।

हिरो सन् १९९५ देखि २०२१ सम्म १० करोड उत्पादन गर्ने पहिलो कम्पनी भएको बताएको हो ।

कम्पनीले सन् १९९५ मा १० लाख, २००१ मा ५० लाख, २००४ मा १ करोड, २००८ मा २ करोड ५० लाख, २०१३ मा ५ करोड, २०१७ मा ७ करोड ५० लाख र २०२१ मा १० करोड उत्पादन गरेको जनाएको हो ।

प्रकाशित : माघ ९, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

इन्भेस्टमेन्टको १८.५ प्रतिशत लाभांश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको ३४औं वार्षिक साधारणसभाले बिहीबार उक्त लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । बैंकले १३ प्रतिशत बोनस सेयर र कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित : माघ ९, २०७७ १८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×