इन्भेस्टमेन्टको १८.५ प्रतिशत लाभांश



काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको ३४औं वार्षिक साधारणसभाले बिहीबार उक्त लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । बैंकले १३ प्रतिशत बोनस सेयर र कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रकाशित : माघ ९, २०७७ १८:५९