एफआईयू–भन्सार विभाग सहकार्य

काठमाडौँ — वित्तीय जानकारी इकाई (एफआईयू) र भन्सार विभागबीच सहकार्यको सम्झौता भएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी एवं आम विनाशकारी हातहरियार निर्माण तथा विस्तारमा वित्तीय लगानीविरुद्ध लड्न समझदारी कायम गर्ने उद्देश्यले एफआईयू र भन्सार विभागबीच सम्झौता भएको हो ।

अब भन्सार नाकामा जफत तथा सजाय गरिएको मुद्राको विवरण भन्सार विभागले निर्दिष्ट ढाँचामा भरेर वित्तीय जानकारी इकाईमा पठाउनेछ । भन्सार विभाग वा अन्तर्गतका कार्यालयले कानुनबमोजिम माग गरेको विवरण एफआईयूले उपलब्ध गराउनेछ ।

यी निकायबीच आपसी सहयोग तथा समन्वयका लागि एक संयुक्त समन्वय समिति पनि गठन गरिने भएको छ ।

प्रकाशित : माघ ९, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?