सामसङको एस सिरिजका तीन उत्पादन

काठमाडौं — सामसङ नेपालले एस सिरिजका ग्यालेक्सी ‘एस २१’, ‘एस २१ प्लस’ र ‘एस २१ अल्ट्रा’ सार्वजनिक गरेको छ  । यी फोनले सामसङ प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ  ।

सामसङको एस सिरिजका तीन उत्पादन

सामसङको एस सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामेरा, भिडियो र शक्तिशाली प्रोसेसर राखिएको छ । यसमा अन्य स्मार्टफोनमा नभएका सुविधासमेत राखिएको कम्पनीको दाबी छ ।

सामसङ ग्यालेक्सी २१ अल्ट्राको १ लाख ५४ हजार ९ सय ९९, एस २१ प्लसको १ लाख २९ हजार ९ सय ९९ र एस २१ को १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

सामसङले यसको प्रि–बुकिङ जनवरी २२ देखि फेबुअरी ४ सम्म खुला रहेको बताएको छ ।

प्रकाशित : माघ ९, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?