इजी ट्याक्सीमा प्रभुको बिमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजी ट्याक्सीमा प्रभुको बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच बिमा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

आइतबार इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमबीच इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत सञ्जित पौडेल र प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

एपमार्फत सञ्चालित बिमा सेवा सुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रम तयार पार्ने सहमतिसमेत गरेका छन् ।

प्रकाशित : पुस २९, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको २०औं वार्षिक साधारणसभाले मंगलबार उक्त सेयर र लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको जनाएको छ ।


प्रकाशित : पुस २९, २०७७ १९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×