कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेट टीभीको एप प्रतिमहिना ९९ रुपैयाँमा

काठमाडौँ — नेट टीभीले आफ्ना ग्राहकका लागि ओभर द टप हंगामा एप प्रतिमहिना ९९ रुपैयाँमा लिन सक्ने योजना ल्याएको छ ।

नेट टीभीले २०२० को अगस्टमा प्राइम प्याकेजअन्तर्गत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एपमार्फत अंग्रेजी र हिन्दी चलचित्र, वेब सिरिजहरूको ठूलो संग्रहबारे परिचित गराएको थियो ।

जुन प्याकेज प्रतिमहिना ९९ रुपैयाँमा नेट टीभी सेट टप बक्स भएका ग्राहकले लिन सक्ने जनाइएको छ । यसबाहेक नेट टीभी प्राइम प्याकेजसँगै सिनेप्लस वर्गअन्तर्गत तीन हजारभन्दा बढी चलचित्र सामग्री, वेब सिरिज र सामान्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।

प्रकाशित : पुस २९, २०७७ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?