नेपाल एसबीआईको ९.४ प्रतिशत लाभांश- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एसबीआईको ९.४ प्रतिशत लाभांश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ९.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको २७औं वार्षिक साधारणसभाले मंगलबार आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद लाभांश गरी ९.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसमेत पारित गरेको छ ।

प्रकाशित : पुस २९, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

जी न्युज प्रकरणमा रावलको आरोप- प्रधानमन्त्री केपीको राष्ट्र हितविरोधी कार्यको उदाहरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (दाहाल-नेपाल) पक्षका नेता भीम रावलले भारतीय जी न्युज प्रकरणमा प्रधानमन्त्री केपी ओलीको राष्ट्र हितविरोधी कार्यको अर्को उदाहरण प्रकट भएको टिप्पणी गरेका छन् । 

नेता रावलले बुधबार ट्वीट गर्दै भारतीय जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी उनले सगरमाथामा 'भारतले दाबी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रधानमन्त्री केपीको राष्ट्रहितविरोधी कार्यको अर्को उदाहरण हो भनेका हुन् ।

उनको ट्वीटमा लेखिएको छ, 'नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा 'भारतले दाबी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो ।'

प्रधानमन्त्री केपी शर्माको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका भारतीय जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले काला पत्थरबाट सगरमाथाबारे विवादित रिपोर्ट तयार पारी प्रसारण गरेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : पुस २९, २०७७ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×