२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बजारमा ‘बजाज डोमिनार २५०’

काठमाडौँ — बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले बजारमा ‘बजाज डोमिनार २५०’ सार्वजनिक गरेको छ ।

बजारमा ‘बजाज डोमिनार २५०’

बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावर छ । साथै एकल–सिलेन्डर, लिक्विड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भल्भ र डीओएचसी छ । डोमिनार २५० मा १ सय ३२ किलोमिटर प्रतिघण्टासम्मको गति छ ।

यो १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टाको गतिसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा उपलब्ध छ । बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ ।

यसको सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको कम्पनीले बताएको छ । चालकको सुरक्षाका लागि लामो दूरीको यात्राको दौरान गियरलाई सुरक्षित राख्ने काम सिटको मुनि रहेको बन्जी स्ट्राप्सले गर्ने कम्पनीको भनाइ छ ।

यसमा १७ इन्चको ट्युबलेस टायर्स, अगाडि ३ सय एमएम डिस्क र पछाडि २३० एमएम डिस्क छ । यो डुअल–च्यानल एबीएसमा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : पुस २६, २०७७ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?