कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

खुल्यो रमादा होटल

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रमादा अनकोर काठमाडौं ठमेलको उद्घाटन गरेका छन् ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्र सुस्ताएको बेला होटल उद्घाटनले सकारात्मक प्रभाव पार्ने मन्त्री ज्ञवालीले बताए । विश्वमा नौ हजारको संख्यामा होटल आबद्ध रहेको ‘रमादा’ ब्रान्डको नेपालमा समेत सञ्जाल विस्तार भएको छ । विदेशी पर्यटक लक्षित बजारीकरण गरिने यो होटल चारतारे तहको हुनेछ ।

साथै यसको सेवाको गुणस्तर पनि रमादा ब्रान्डको स्तरअनुसार नै हुनेछ । होटलमा पाहुनाका लागि स्टुडियो, सुविधायुक्त कोठा, टेरेस रेस्टुरेन्ट, ब्यांक्वेट, सेमिनार हल, स्विमिङ पुल र जिम हल आदि विशेषता छन् ।

प्रकाशित : पुस २६, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?