एनसेलको ‘एनसेल अडियो क्लास’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘एनसेल अडियो क्लास’

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटाले विद्यार्थीलाई लक्ष्य गरी ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ ।


यसअन्तर्गत विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममा आधारित पाठ मोबाइलबाटै सुन्न र सिक्न सक्छन् । एनसेलका सिम भएका विद्यार्थीले आफ्नो आवश्यकताअनुसार विभिन्न विषय कुनै पनि समयमा अडियोमार्फत अध्ययन गर्न सक्ने कम्पनीले जनाएको छ ।

इन्टरयाक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियानअन्तर्गत ल्याएको बताएको छ ।

प्रकाशित : पुस २६, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्

सांग्रिला र अर्थोपेडिक हस्पिटलबीच कर्जा सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक गोकर्णेश्वर नगरपालिका र नारायणटारस्थित नेपाल अर्थोपेडिक हस्पिटलबीच कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार हस्पिटलमा आबद्ध चिकित्सक तथा स्थायी कर्मचारीलाई बैंकले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा लगानी गर्नेछ । साथै बैंकका सेवाग्राही, खातावाल, संस्थापक सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारजनलाई हस्पिटलमा उपचार गराउँदा छुट प्रदान गर्ने पनि सम्झौता भएको छ ।

बैंकका प्रमुुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : पुस २६, २०७७ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×