कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सांग्रिला र अर्थोपेडिक हस्पिटलबीच कर्जा सम्झौता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक गोकर्णेश्वर नगरपालिका र नारायणटारस्थित नेपाल अर्थोपेडिक हस्पिटलबीच कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सांग्रिला र अर्थोपेडिक हस्पिटलबीच कर्जा सम्झौता

सम्झौताअनुसार हस्पिटलमा आबद्ध चिकित्सक तथा स्थायी कर्मचारीलाई बैंकले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा लगानी गर्नेछ । साथै बैंकका सेवाग्राही, खातावाल, संस्थापक सेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारजनलाई हस्पिटलमा उपचार गराउँदा छुट प्रदान गर्ने पनि सम्झौता भएको छ ।

बैंकका प्रमुुख जोखिम अधिकृत निर्मलकुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : पुस २६, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?