‘महिन्द्रा केयर फेस्ट २०२१’ आयोजना हुँदै- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महिन्द्रा केयर फेस्ट २०२१’ आयोजना हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्यक्रम पुस २६ देखि माघ २ सम्म देशव्यापी रूपमा आयोजना हुने कम्पनीले जनाएको छ ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्स प्रालिले देशव्यापी रूपमा ‘महिन्द्रा केयर फेस्ट २०२१’ आयोजना गर्ने भएको छ ।

यो

कार्यक्रमअन्तर्गत ग्राहकले महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा गाडीको फ्री ६० प्वाइन्ट भेहिकल चेकअप र छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : पुस २४, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्

ग्लोबल र हेफरबीच कृषि कर्जा सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र हेफर इन्टरनेसनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्न सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेसनलका राष्ट्रिय निर्देशक शुभनारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले गुल्मीका विभिन्न ठाउँमा किसानलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

प्रकाशित : पुस २४, २०७७ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×