१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ग्लोबल र हेफरबीच कृषि कर्जा सम्झौता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र हेफर इन्टरनेसनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्न सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेसनलका राष्ट्रिय निर्देशक शुभनारायण महतोले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले गुल्मीका विभिन्न ठाउँमा किसानलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

प्रकाशित : पुस २४, २०७७ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?