थुलुङ गाउँपालिकासँग लक्ष्मी बैंकको कर्जा सम्झौता

काठमाडौँ — लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकासँग सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

सम्झौताअनुसार गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाहरूले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।

बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दीपेश अमात्य र थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : पुस २४, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?